मृत्यु संगको अन्तिम लडाईमा सफलता हात लगाउंदै म्याग्दी छिस्बाङका केशव घर्ती मगर बुधबार डिश्चार्ज भए

June 20, 2013

भरत तुलाचन,सउल कोरिया
गत ९ महिना अगाडी  ईपिएस भिषा मार्फत कोरिया आएका म्याग्दी छिस्बाङका केशव घर्ती मगर पांच महिना नबित्दै क्षय रोगले ग्रष्ट भई हड्डी तथा फोक्सोमा देखिएको गम्भीर समस्याको कारण  गत  ८ महिना देखि लगातार उपचार गराई   डिश्चार्ज भएका छन । करिव ८ महिना सम्म अस्पतालको बेडमा मृत्यु संगको अन्तिम लडाईमा सफलता हात लगाउंदै  १९ तारिख बुधबार  डिश्चार्ज भएका हुन । तर डाक्टरको भनाई अनुसार उनले आफ्नो स्वास्थ्यमा थप सजगता अपनाउनु पर्ने र यदि उनले आफ्नो शरीरको बेवास्ता गर्दै लापर्वाही गरेमा पुनः उपचार गर्न कठिन हुने छ । उनलाई गत नोभेम्बर महिनामा म्याग्दी समाज समिति दक्षिण कोरियाको सकृयतामा  खयोङगिडोको एक मिनारी फार्मबाट दयनिय अबस्थामा उद्दार गरिएको थियो । उद्दार सम्बन्धि रिपोर्ट हेर्नलाई यहां  जानुस । उद्दार पश्चात उनको रोग पत्ता लगाई समाजले  गत  ८ महिना देखि  लगातार उपचार गराउंदै आएको थियो । उपचारको क्रममा कोरिया युनिभर्शिटी अस्पताल,नेश्नल मेडिकल हुंदै बुल्ग्वाङ स्थित सबुक अस्पतालमा करिव ६ महिना बिताए । आगामी हप्ता अस्पतालको सम्पूर्ण रिपोर्टहरुको साथ श्रम मन्त्रालय गई भिषा नबिकरण गरिने छ । थप बिबरण हेर्न भित्र जानुस-
   उनको अस्पतालमा भएको खर्च बिबरण-
1. नेश्नल उईरोवन अस्पतालमा एक्स रे लगायतको चेकअप खर्च-100,000
2..ईन्स्युरेन्स ज्वाईन खर्च-380,000
3.कोरिया युनिभर्सिटी अस्पतालको बील-1500,000
४ .ईन्स्युरेन्स रिन्यु  १ महिनाको बिल-380,000
5.बुल्ग्वाङ डोङ स्थित सबुक अस्पतालको बील-10,00,000
6.हड्डी सपोर्टर निर्माण खर्च-380,000
7.नेश्नल उईरोवन अस्पतालको १ महिनाको उपचार खर्च-12,80,000
8.बुल्ग्वाङडोङ स्थित सबुक अस्पतालको १ महिनाको अस्पतालको बील-380,000
9.ईन्स्युरेन्स अफिसमा जुन महिनाको  ईन्स्युरेन्स-80,000
10.बुल्ग्वाङडोङ स्थित सबुक अस्पतालको ईन्स्युरेन्स रिन्यु-300,000
11.बाबुराम शर्माले दिएको गाडी भांडा-30,000
12. डिस्चार्जको दिन सबुक अस्पतालको डिस्काउन्ट सहितको बील-800,000
13. भरत तुलाचनबाट गाडी भांडा २ पल्ट-70,000
बिरामी मिन गर्बुजा र केशब घर्ती मगर सहयोगार्थ संयुक्त रुपमा चन्दा संकलन कार्य जारी रहेकोले चन्दा संकलन र समाजको आपतकालिन राहत कोषबाट माथि उल्यखित नपुग रकम पूरा गरिने छ ।

  © EDIT कोरियामा रहेका म्याग्देलीहरुको साझा चौतारी MYAGDI SAMAJ KOREA BLOG 2009

Back to TOP